+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

कुलमान घिसिङको उर्जा मन्त्रालयलाई कडा जवाफ: स्पष्टीकरण सोध्ने अधिकार छैन

कुलमान घिसिङको कडा जवाफले उर्जा मन्त्रालय र प्राधिकरणका बीच तनावको स्थिति सिर्जना गरेको छ, जसले आगामी दिनहरूमा थप विवादको संभावना पनि पैदा गरेको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ, १५ फागुन – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको कडा जवाफ दिएका छन्। बुधबार, उर्जा मन्त्रालयले कुलमान घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो, जसको जवाफ उनले आफूले उपलब्ध गराएका छन्।

कुलमानले स्पष्टीकरणमा उल्लेख गरेका छन् कि उर्जा मन्त्रालयसँग आफूलाई स्पष्टिकरण सोध्ने अधिकार छैन, र उनले यसका लागि कानूनी आधार प्रस्तुत गरेका छन्। उनले भनिएका छन्, “मलाई सेवाबाट हटाउने र स्पष्टिकरण सोध्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६ र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई छैन।”

कुलमान घिसिङले उर्जा मन्त्रालयको कारवाही प्रक्रियामा अन्यथा रहेको भन्दै विनियम २२ अनुसार कारवाहीको कारण स्पष्ट नगरी, गोश्वरा आरोपमा कारवाही गर्नु उचित नहुने बताउनुभएको छ। उनले अगाडि थप्दै भने, “यस विषयमा कसुर एकिन नगरी, कारवाही गर्नु माफी योग्य छैन।”

यस्तै, उर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका थिए, जसमा आन्तरिक र बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न उठाइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ