+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको शुभकामना, सांस्कृतिक विविधताको सम्मानमा जोड

जनवाच
१ महिना अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजको सांस्कृतिक विविधता राष्ट्रिय एकताको मेरुदण्ड भएको बताएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले परम्परागत शेर्पा परिकार ‘फेमार’ काटेर ग्याल्पो ल्होसारको शुभारम्भ गरे। सो अवसरमा उनले नेपालका आदिवासी तथा हिमाली समुदायका मौलिक चाडपर्वहरूले सबै जातजाति र संस्कृतिहरूबीच पारस्परिक सहिष्णुता, आपसी सम्मान र राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले यहाँका सबै समुदायका संस्कृतिहरूलाई समान सम्मान दिनु आवश्यक रहेको उल्लेख गरे। उनले विशेष गरी शेर्पा समुदायले आफ्नो विशिष्ट पहिचानसहित भाषा, धर्म, कला तथा परम्पराको संरक्षण गर्दै पर्यटन तथा व्यवसायमार्फत नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको प्रशंसा गरे।

ग्याल्पो ल्होसार, शेर्पा समुदायको नयाँ वर्ष, नेपालका हिमाली भेगमा विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व बुद्ध धर्मसँग सम्बन्धित रहँदै आएको छ। यस अवसरमा राष्ट्रपति पौडेलले समस्त शेर्पा तथा हिमाली समुदायलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ