+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रचण्डको कटाक्ष : ‘इतिहासमा हराइसकेका तत्त्व पुनरागमनको सपना देख्दैछन्’

राजनीतिक असन्तोष बढ्दै गएका बेला प्रचण्डको यो टिप्पणीले सत्ता पक्ष र विपक्षीबीचको वैचारिक लडाइँलाई अझ चर्काउने संकेत गरेको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै पुनरागमनको दिवास्वप्न नदेख्न चेतावनी दिएका छन्। शनिबार पार्टी कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति असन्तुष्टि बढ्दै जाँदा केही शक्ति त्यसलाई आफ्नो पक्षमा उपयोग गर्ने प्रयासमा लागेको आरोप लगाए।

‘सरकारको प्रदर्शन कमजोर बन्दै जाँदा जनताको आक्रोश स्वाभाविक रूपमा बढेको छ। यस्तो अवस्थामा इतिहासले फ्याँकिसकेको तत्त्वले पुनरागमनको दिवास्वप्न देख्नु हास्यास्पद छ,’ प्रचण्डले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा ‘राष्ट्र जोगाउन’ आमनागरिकलाई आफ्नो साथ दिन आह्वान गरेपछि मुलुकको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने भनाइ राखेर विवाद निम्त्याएका छन् भने राप्रपाले सक्रिय आन्दोलन सुरु गरेको छ।

प्रचण्डको यो टिप्पणीसँगै नेपालमा पुनः राजसंस्थाको बहस चर्किएको छ। एकातिर, पूर्वराजाका समर्थकहरू सक्रिय बन्दै जाँदा, अर्कातिर गणतन्त्र पक्षधर दलहरू उनीहरूलाई रोक्ने कसरतमा लागेका छन्। सरकारको अस्थिर प्रदर्शनले राजनीतिक असन्तोष बढेको विश्लेषण गर्दै प्रचण्डले जनमतलाई गलत दिशामा लैजान खोज्ने प्रयास असफल हुने दाबी गरे।

राजनीतिक असन्तोष बढ्दै गएका बेला प्रचण्डको यो टिप्पणीले सत्ता पक्ष र विपक्षीबीचको वैचारिक लडाइँलाई अझ चर्काउने संकेत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ