+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

रवि लामिछानेको भैरहवा कारागारबाट २० पृष्ठ लामो वक्तव्य: किस्तीमा प्रधानमन्त्री नखाँदाको सजाय, जेल

रास्वपाले आज आफ्नो तेस्रो वार्षिकोत्सव मनाइरहेका बेला सार्वजनिक भएको यो वक्तव्यलाई राजनीतिक संकल्पपत्र भनेर व्याख्या गरिएको छ। पार्टी नेताहरूका अनुसार, यो अपिलले अबको आन्दोलनको दिशा र रणनीति स्पष्ट पार्नेछ।

जनवाच
१० घण्टा अगाडी

७ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठ लामो वक्तव्य जारी गर्दै आफूलाई राजनीतिक प्रतिशोध, योजनाबद्ध षड्यन्त्र र कानुनी बलपूर्वक जेल हालिएको आरोप लगाएका छन्। उनले न्याय अब जनताबाटै प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

वक्तव्यमा लामिछानेले लेखेका छन्, “कांग्रेसबाट प्रधानमन्त्री बन्ने अफर अस्वीकार गर्दा आज दण्ड दिइएको हो। मैले किस्ताबन्दीमा सत्ताको सन्दूक किन्ने होइन भन्ने निर्णय गरेँ, त्यसको सजायस्वरूप आज जेलमा छु।”

लामिछानेले रास्वपाको विगतको संसदीय हस्तक्षेप र सरकारमा रहेको बेलाको जनमुखी कामलाई उल्लेख गर्दै, “हाम्रा थोरै सांसद नभएको संसदको कल्पना गर्न सकिन्न। हामी नहुँदो संसद सायद झनै अमूल्य देखिन्थ्यो,” भनेका छन्।

सहकारी प्रकरणमा आफ्नो विरुद्ध १२ सय पृष्ठको छानबिन प्रतिवेदनमध्ये केवल आफूमाथि मात्रै कार्यान्वयन गरिएको दाबी गर्दै लामिछानेले यसलाई छलपूर्वक, बलपूर्वक र योजनाबद्ध रूपमा गरिएको आक्रमण बताए।
“कानुन अनुसार चल्नै नपर्ने मुद्दा थोपरेर मलाई थुनिएको छ, सत्ताका संरक्षकहरूबाटै विधिको शासनको अपमान भइरहेको छ,” उनले उल्लेख गरेका छन्।

कारागारबाटै लामिछानेले समर्थक, मतदाता र लोकतन्त्रप्रेमी नागरिकहरूलाई शान्तिपूर्ण तर दृढ संघर्षमा उत्रिन आह्वान गर्दै लेखेका छन्, निवेदन गरेर, आग्रह गरेर अब परिवर्तन सम्भव छैन। अब संस्थागत बेथिति र सत्ता–सौदाबाजीविरुद्ध हामीले फेरि जनताकै अदालतमा अपिल गर्नुपर्नेछ।

रास्वपाका एक नेताले भने, यो अपिल केबल कारागारबाटको पत्र होइन, यो बेलगाम सत्ताविरुद्ध उठेको आत्मसम्मानको आवाज हो। जनताको ऊर्जा फेरि संसद घेरिन तयार हुदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ