+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

विपक्षीको अवरोधका कारण: संसद फेरि ठप्प बुधवारसम्म स्थगन

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, २६ जेठ – भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग तीव्र बनेसँगै संघीय संसदको प्रतिनिधिसभा बैठक पुनः अवरोधमा पर्दै बुधवार १ः०० बजेसम्मका लागि स्थगित भएको छ।

आजको बैठक प्रारम्भ भएको केही बेरमै राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरे। सभामुख देवराज घिमिरेले दलअनुसार सांसदहरूलाई बोल्ने समय दिने प्रयास गरे पनि विपक्षीको विरोधले संसद अगाडि बढ्न सकेन। शुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठकमा पनि सहमति जुट्न नसकेपछि बुधवार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो।

गत जेठ १३ गतेदेखि निरन्तर अवरोध झेलिरहेको प्रतिनिधिसभा बैठक भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग र छानबिन समिति गठनको अडानकै कारण चल्न सकेको छैन। विपक्षीहरूले सरकारको मौनता र जवाफदेहीताप्रति असन्तोष जनाउँदै संसद चल्न नदिने रणनीति लिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ