११ असार, काठमाडौं ।सामाजिक रूपान्तरणमा भूमिका खेल्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सेवामूलक कार्यमा सक्रिय अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग हस्तान्तरण गरेको छ।
सार्वजनिक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त सहयोग हस्तान्तरण गर्नुभयो। उहाँले सेवा भावमा अडिग भएर क्रियाशील संस्थालाई सहयोग गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताउनुभयो।
उक्त ट्रस्टले विपन्न, अशक्त तथा पीडित व्यक्तिहरूका लागि स्वास्थ्य, शिक्षा, खाना, आवास लगायतका आधारभूत सेवाहरू प्रदान गर्दै आएको छ। साथै ट्रस्टले नारीशक्ति सशक्तीकरणका लागि कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण तथा धर्मशालाको व्यवस्थापनजस्ता कार्यमार्फत सामाजिक र धार्मिक परम्पराको संरक्षण गर्दै आएको छ।
सिटिजन्स बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, संस्कृति तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले विगतदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ। बैंकले आगामी दिनहरूमा पनि सामाजिक रुपान्तरणका अभियानलाई साथ दिने प्रतिबद्धता जनाएको छ।