+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजको तरकारीको बजार भाउ : डल्ले च्याउको मूल्य ह्वात्तै घट्यो

जनवाच
४ महिना अगाडी

काठमाडौं । आइतबार तरकारी बजार भाउ केहीको वृद्धि र केहीको गिरावट भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको मूल्य घटेको छ भने घिउसिमीको भाउ बढेको छ ।
आज डल्ले च्याउ प्रतिकिलो ३०० रुपियाँमा बिक्री भइरहेको छ । हिजो भने ३८३ मा कारोबार भएको थियो । यो किलोमा ८३ रुपियाँ सस्तो भएको हो ।

त्यसैगरी अघिल्लो दिन हाइब्रिड घिउसिमी ११० रुपियाँ तोकिएको थियो । यसदिन बढेर १२८ रुपियाँ पुगेको छ । शनिबारको तुलनामा १८ रुपियाँ महँगो भएको हो ।

आज कालिमाटीमा ठूलो गोलभेंडा ९०, रातो आलु ६५, बन्दा ६२, लोकल काउली ९५, लौका ५५, भिन्डी ११०, स्कुस २५ र तरुल प्रतिकिलो ८५ रुपियाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ