+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नेकपा एसको केन्द्रीय बैठकमा आन्तरिक असन्तोष: नेतृत्वमाथि प्रश्न उठ्दा तनाव

पार्टीमा नयाँ पुस्ताको नेतृत्वको कुरा उठाएपछि हामीलाई योजनाबद्ध रूपमा पन्छाइयो,” उनले भनिन्।

जनवाच
१ महिना अगाडी

१० फागुन, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा आन्तरिक असन्तुष्टि सतहमा आएको छ। केन्द्रीय सदस्य आरती लामाले आफू अन्यायपूर्ण रूपमा अनेरास्ववियू अध्यक्षबाट हटाइएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएपछि बैठक तनावपूर्ण बनेको हो।

शनिबार बसेको दोस्रो दिनको बैठकमा लामाले दुई दशक लामो संगठनगत योगदानका बावजुद आफूलाई ‘गलहत्याएर’ हटाइएको गुनासो गरिन्। उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सोधिन्, “एमालेभित्र अन्याय भयो भन्दै तपाईंले विद्रोह गर्नुभयो, तर आज तपाईंले नै मलाई किन अन्याय गर्नुभयो?”

लामाको प्रश्नले बैठकस्थलमा दुई धार देखियो। अध्यक्ष नेपालले असन्तोष जनाउँदै “चुप लाग्नुस्, मसँग प्रश्न गर्ने हो?” भन्ने प्रतिक्रिया दिएपछि असन्तुष्ट पक्ष आक्रोशित बनेका थिए। केही केन्द्रीय सदस्यहरूले बैठकमै बोल्न नपाए अन्यायको आवाज कहाँ उठाउने भन्दै विरोध जनाए।

अध्यक्ष नेपालको कडा प्रतिक्रियापछि वरिष्ठ नेता झलनाथ खनालले बैठकमा आफ्ना कुरा राख्न पाउनु सबैको अधिकार भएको भन्दै लामाको बचाउ गरे। महासचिव घनश्याम भुसालले पनि अध्यक्ष नेपाललाई संयमित हुन आग्रह गरे।

नेत्री लामाले महाधिवेशनका बेला आफू र अन्य युवा नेताहरूले पुस्तान्तरणको मुद्दा उठाएकाले पूर्वाग्रह राखिएको आरोप लगाइन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ